BHRIKUTI: Purnangka – 23 (PB...

 1,195.00

300 in stock

Category:

Description

भृकुटीको यो अङ्क पनि विशेषाङ्ककै रुपमा प्रकाशित भएको छ । यस अङ्कको विषय रहेको छ – नारीवाद । नारीवाद, नारीवादी आन्दोलन, नारीवादी चिन्तन र नारीवादी लेखन नै यस विशेषाङ्कका विषय हुन् । अहिलेको विश्व सन्दर्भ र नेपालको सन्दर्भमा नारीवाद र त्यसबाट प्रभावित आन्दोलन तथा लेखनका बारेमा समेत यस विशेषाङ्कमा गम्भीर विचार – विश्लेषणहरु प्रस्तुत गरियको छ।

 

This issue of Bhrikuti has also been published as a special issue. The subject of this issue is feminism. Feminism, feminist movement, feminist thought and feminist writing are the topics of this special issue. In this special issue, serious thoughts and analyzes have been presented on the current world context and in the context of Nepal, feminism and the movements and writings influenced by it.

—————-

Contents:

Bhrikuti 23 pdf

—————-

स्वतन्त्रता र मुक्ति हरेक मानिसको चाहना हो । यस कलामा कलाकारले मुक्ति र स्वतन्त्रतासम्बन्धी मानिसको त्यही चाहनालाई बिम्बात्मक अर्थमा प्रस्तुत गरेको पाइन्छ । खासगरी कलाले नारीमुक्ति र स्वतन्त्रतालाई साङ्केतिक भावमा अथ्र्याउन खोजेको देखिन्छ । देवताका मूर्तिहरु हराउँछन् भनेर तिनलाई फलामे सिक्रीले बाँधेर राख्ने चलन पनि छ । त्यसमा देवीका मूर्तिहरु पनि पर्छन् । देवीको मूर्तिलाई हराउँछ भनेर सिक्रीले बाँधेर राख्ने कुरो हाम्रो समाजमा व्याप्त नारी बन्धनको विषयसँग सान्दर्भिक बन्न पुगेको छ । प्रस्तुत कलामा उन्मुक्तिको भावलाई त्यस सन्दर्भसँग पनि जोडेर प्रस्तुत गरिएको छ । यसै अर्थमा देवीको मूर्तिको आकृतिमा नारी स्वतन्त्रताको उद्घोष गर्ने काम कलाले गरेको छ । यस कला सिर्जनामा कलाकारको सिर्जनात्मक ‘फ्लेक्जिबिलिटी’ र ‘फ्युजन’ को विशेषता पाइन्छ ।

कलाकार जस्मिन राजभण्डारी कला सिर्जनामा सक्रिय युवा कलाकार हुन् । २०३६ सालमा जन्मिएकी उनले कलाकै अध्ययनमा उच्च शिक्षा हासिल गरेकी छन् । उनले त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पसबाट स्नातक गरेकी हुन् भने भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइनआर्टमा स्नातकोत्तर गरेकी छन् । आफ्ना कलाबाट विभिन्न पुरस्कार र सम्मान पाउन सफल कलाकार राजभण्डारी त्रिभुवन विश्वविद्यालय, ललितकला क्याम्पसकी उपप्राध्यापक हुन् । कला सिर्जनामा उनको सिर्जनात्मक विशेषता ‘फ्लेक्जिबिलिटी’ हो । जीवनमा अनुभव गरेको विषयलाई मूर्तिको आकृतिमा परिवर्तन गर्ने र फ्युजन गरेर प्रस्तुत गर्ने सन्दर्भमा कलाकार जस्मिना राजभण्डारीले पृथक परिचय स्थापित गरेकी छन् ।

स्वतन्त्रता र मुक्ति हरेक मानिसको चाहना हो । यस कलामा कलाकारले मुक्ति र स्वतन्त्रतासम्बन्धी मानिसको त्यही चाहनालाई बिम्बात्मक अर्थमा प्रस्तुत गरेको पाइन्छ । खासगरी कलाले नारीमुक्ति र स्वतन्त्रतालाई साङ्केतिक भावमा अथ्र्याउन खोजेको देखिन्छ । देवताका मूर्तिहरु हराउँछन् भनेर तिनलाई फलामे सिक्रीले बाँधेर राख्ने चलन पनि छ । त्यसमा देवीका मूर्तिहरु पनि पर्छन् । देवीको मूर्तिलाई हराउँछ भनेर सिक्रीले बाँधेर राख्ने कुरो हाम्रो समाजमा व्याप्त नारी बन्धनको विषयसँग सान्दर्भिक बन्न पुगेको छ । प्रस्तुत कलामा उन्मुक्तिको भावलाई त्यस सन्दर्भसँग पनि जोडेर प्रस्तुत गरिएको छ । यसै अर्थमा देवीको मूर्तिको आकृतिमा नारी स्वतन्त्रताको उद्घोष गर्ने काम कलाले गरेको छ । यस कला सिर्जनामा कलाकारको सिर्जनात्मक ‘फ्लेक्जिबिलिटी’ र ‘फ्युजन’ को विशेषता पाइन्छ ।

अनुसन्धान प्रयोजनका लागि बाहेक प्रकाशकको स्वीकृति
नलिई भृकुटीमा प्रकाशित लेख÷रचना आंशिक वा पूरा
रूपमा पुनरुत्पादन वा फोटोकपी गर्न पाइने छैन । प्रतिलिपि
अधिकारसम्बन्धी यस नियमको उल्लङ्घन गर्ने जोसुकैले
पनि नेपालको प्रचलित ऐन–कानुनबमोजिम अधिकतम
क्षतिपूर्ति तिर्नुपर्नेछ ।
भृकुटी एकेडेमिक पब्लिकेशन्स
दजचष्पगतष्बअबमझष्अ२नmबष्।िअयm
भृकुटी पुस्तक तथा मसलन्द भण्डार
टङ्कप्रसाद घुम्ती मार्ग, न्यु प्लाजा, पुतलीसडक
पोस्ट बक्स ः ३५०३, काठमाडौं, नेपाल
टेलिफोन ः +९७७–१–४५३८८४८÷४५२९०५८÷४५४५६६०
इमेल ः [email protected]
दजचष्पगतष्वयगचलब२िनmबष्।िअयm
वेबसाइट ः www.bhrikutipustak.com.np
ISBN: 978-9937-646-60-4 (Hardback)
978-9937-646-61-1 (Paperback)

 

प्रमुख सल्लाहकार
मोदनाथ प्रश्रित
प्रधानसम्पादक÷प्रकाशक
लिखत पाण्डे
अतिथि सम्पादक
अमर गिरी
कार्यकारी सम्पादक
शार्दूल भट्टराई
कला सम्पादक
राजन काप्mले
सुन्दर बस्नेत
बजार व्यवस्थापक
विनोद पाण्डे
कानुनी सल्लाहकार
लक्ष्मीप्रसाद मैनाली
ले–आउट डिजाइन
अशोक खनाल
मुद्रण
स्प्रिन्टर प्रा.लि., बालाजु, काठमाडौं

 

बहसका लागि

विशेषाङ्कहरुको प्रकाशनकै सिलसिलामा यसपटक समालोचनात्मक एवम् अनुसन्धानात्मक साहित्यिक– सांस्कृतिक प्रकाशन भृकुटी अर्को विशेषाङ्कसहित उपस्थित भएको छ । यस अङ्कको विषय रहेको छ – नारीवाद । नारीवादी चिन्तनको विस्तार तीव्रतर छ । यसको प्रभाव विश्वको कुनै एउटा देशमा मात्र सीमित छैन, विश्वका हरेक देश यसबाट प्रभावित छन् । नारीवादी चिन्तनका बारेमा विभिन्न कोणबाट बहसहरु चल्दै आएका छन् । यसप्रति अनेक खालका प्रश्न उठाउने कामहरु पनि हुँदै आएका छन् । भृकुटीले यस पटक तिनै प्रश्न र बहसहरुमा सहभागिता जनाउने उद्देश्य राखेको छ । नारीवादको आरम्भ पितृसत्ताका विरुद्ध भएको हो । पितृसत्ताको उच्छेदनको ध्येयमा अगाडि बढ्ने क्रममा यसले अनेक आयाम र विविधतामा आफूलाई विकसित गर्ने अवसर पाएको छ । त्यसै क्रममा यस चिन्तनको विकास र विस्तार विश्वव्यापी बन्दै गएको छ । नारीवादी चिन्तनको विकाससँगै विश्वका अधिकांश दशे मा नारीवादी आन्दाले नका े आरम्भ र विकास पनि हदँु ै आएको छ । खासमा पितृसत्तात्मक समाजमा नारीमाथि भएका शोषण, उत्पीडन र दमनको प्रतिरोधमा विकसित बनेको चिन्तन हो – नारीवाद । यो चिन्तन नारीको अस्तित्व र स्वतन्त्र पहिचानसँग मात्र जोडिएको छैन, सामाजिक मुक्ति र समानतासँग समेत जोडिएको हुँदा यसलाई एउटा मुक्ति आन्दोलनकै रुपमा लिनुपर्ने विचारहरु पनि व्यक्त हुँदै आएका छन् । नारीवादलाई केहीले पूँजीवादी चिन्तनसँग जोडेर हेर्ने गरेका छन् भने केहीले माक्र्सवादी दर्शनसँग । यी दुई धारभित्र पनि अनेकताका अनेक विचारहरु पाइन्छन् । नारीवादको विकासका क्रममा अनेक चरण, मोड र प्रवृत्तिहरु प्रकट भएका छन् । यस चिन्तनको विकास जसरी हुँदै छ त्यसरी नै यस आन्दोलनमा जटिलताहरु पनि खडा भएका छन् । नारीको नैसर्गिक विशिष्टताका आधारमा नारीवादको व्याख्या–विश्लेषण गर्ने सिलसिला पनि चल्दै आएको छ । यस सन्दर्भमा नारीवादी चिन्तनमा धारा र उपधाराहरु समेत देखापरेका छन् । नारीवादका धारा– उपधारा र पक्ष–पक्षधरतासँग गाँसिएर विवेचना गर्ने सिलसिलामा समानअधिकारको वकालत गर्ने, वर्गीय मुक्तिसँगै हरप्रकारका शोषण–उत्पीडनबाट नारीमुक्तिको वकालत गर्ने, पितृसत्तामा सुधार होइन आमूल परिवर्तनको वकालत गर्ने, लैङ्गिक आधारमा समाजको पुनःसंरचनाको वकालत गर्ने अनेक अवधारणाहरुको उदय भएको पाइन्छ । सन् १९९० पछि यसबारेमा अझै विविधतायुक्त विश्लेषणहरु हुन थालेका छन् । विभिन्न विचारहरु नारीवादी चिन्तनका उपधाराका रुपमा समेत देखापरेका छन् । ती सबैका आआफ्नै आधार, मान्यता र अडान छन्, जसमा अहिले पनि बहसहरु भइरहेका छन् । नारीवादी चिन्तनको आरम्भ पितृसत्ताका विरुद्धमा भएपनि अहिले आएर यससँग अनेक पक्षहरु जोडिएका बहसका लागि छ छन् । नारीवादको केन्द्रमा नारी नै छन् तथापि यससँग राजनीति, अर्थराजनीति, सामाजिक संरचना, सांस्कृतिक परम्परा, लैङ्गिक मनोविज्ञान, यौनमनोविज्ञान आदिजस्ता धेरै पक्षहरु जोडिएका छन् । यसैकारण अब यो चिन्तनलाई लिङ्गवादी दृष्टिले मात्र हेरिनु उचित हुँदैन भन्ने विचारहरु पनि प्रस्तुत भइरहेका छन् । नारीवादी चिन्तन र आन्दोलनलाई समग्रतामा र व्यापक अर्थमा बुझ्नु आवश्यक छ भन्ने बहस पनि अगाडि बढिरहेकै छ । नारीवादी चिन्तनका अर्थमा अनेक प्रवृत्तिहरु देखिएका छन् र ती सबै नारीकेन्द्रित सिद्धान्तका रुपमा रहेका छन् । तापनि त्यसभित्रका केही नारीवादी प्रवृत्ति मनोवैज्ञानिक खालका रहेका चर्चाहरु हुने गरेका छन् । नारीवादी चिन्तनलाई अहम्केन्द्री र हीनत्वभावबाट प्रभावित बनाउने प्रवृत्तिका बारेमा पनि टिप्पणीहरु हुने गरेका छन् । त्यस्ता टिप्पणीहरुमा सचेत हुनु आन्दोलनका लागि हितकर नै हुनसक्छ । स्वीकार गर्नै पर्ने एउटा कुरो के हो भने नारी र पुरूषका बीचमा संघर्ष छ, चाहे त्यो अचेतनगत रुपमै किन नहोस् । यो कुरो सामाजिक स्वरुप र संरचनासँग जोडिएको छ । त्यो सामाजिक स्वरुप र संरचना राज्यसत्तासँग जोडिएको छ र राज्यसत्ता राजनीतिक प्रणालीसँग जोडिएको छ । यस विषयलाई नारीवादी आन्दोलनले महत्वका साथ लिनुपर्ने बहस पनि चलिरहेकै छ । नारीप्रतिको विभेद कुनै पनि नाममा अमान्य छ । शोषण, उत्पीडनको प्रतिरोध आवश्यक छ । असमानताका विरुद्ध लडाइँ लड्नै पर्छ । नारीका नैसर्गिक आत्मसम्मान र व्यक्तित्वविकासका यावत अवरोधहरुलाई समाप्त गर्नैपर्छ । समाजको परिवर्तनका लागि पनि नारीमाथिको अत्याचारलाई समाप्त गर्नैपर्छ । नारीलाई आफ्नो पृथक व्यक्तित्वका साथ अगाडि बढ्ने परिस्थितिको निर्माण नभएसम्म समाज अग्रगतिमा लाग्न सक्दैन । त्यसका लागि पनि सोही किसिमको नारीवादी आन्दोलन टड्कारो रुपमा अपेक्षित छ । यस विषयमा पनि बहसको आवश्यकता देखिन्छ । हाम्रो आन्दोलनमात्र होइन, हाम्रो लेखनमा पनि नारीवादको प्रभाव बढ्दै गएको छ । नेपाली साहित्यमा नारीवादी लेखन र समालोचनाको प्रयोग बढेको छ । त्यससम्बन्धी अध्ययनमा चासो बढेको छ । यसले नपे ाली समाजम ै पनि नारीवादी चिन्तनका े अन्तकिर्य्र ालाई बढाएको छ । यही सन्दर्भलाई दृष्टिगत गरी यसपटक भृकृटी नारीवादी चिन्तन र आन्दोलनको बहसमा सहभागी भएको छ । यो सहभागिता नारीवादी चिन्तनको बहसमा सार्थक रहने विश्वास हामीले लिएका छौँ । भृकुटी आगामी विशेषाङ्कमा पनि गम्भीर चासो र सरोकारको नयाँ विषयलाई लिएर प्रस्तुत हुने नै छ । उक्त विशेषाङ्कका लागि पनि हामी सम्पूर्ण लेखक तथा पाठकहरुको सक्रिय सहयोगको अपेक्षा गर्दछौँ ।

विषयसूची
सम्पादकीय
प्रकाशकीय
नारीवाद, नारीवादी आन्दोलन र साहित्य चिन्तन ११
 अमर गिरी
नारीवादी चिन्तनमा पितृसत्ता ३५
 अम्बिका अर्याल
समकालीन नेपाली कवितामा नारीवादी चेतना ४२
 अमृता शर्मा
नारीवादका सबल र दुर्बल पक्ष ६९
 अर्चना थापा
नारीवाद, उत्तरनारीवाद र सर्वहारा नारीवाद ८६
 ऋषिराज बराल
सीमान्त उपन्यासमा नारीवाद १०५
 कविता लामा
जनजातिमा सांस्कृतिक नारीवाद ११६
 कुमारी लामा
नारीवाद र उत्तरआधुनिकतावाद १२६
 कृष्ण गौतम
नारी स्रष्टाका नाटकका पुरुष पात्रमा नारीवादी चिन्तन १३५
 कान्छी महर्जन
महाभारतमा नारी १४३
 गणेशप्रसाद बराल
नारीवादी पर्यावरण १४९
 गीता त्रिपाठी
समकालीन साहित्य जगत्मा नारीवादको प्रसंग १६२
 गोविन्दराज भट्टराई

नारीवादी चेतना ः सन्दर्भ पारिजातका कथा १८५
 गोविन्दप्रसाद लुइटेल
मनोविश्लेषणात्मक नारीवाद ः सैद्धान्तिक दृष्टि १९९
 जीवन श्रेष्ठ
नेपाली उपन्यासमा माक्र्सवादी नारीवाद २१२
 डी.डी. अधिकारी
नारीवादी चिन्तन र आन्दोलनको दार्शनिक एवं राजनीतिक आधार २२५
 डी. आर. पोखरेल
वैदिक साहित्यमा नारी २३९
 प्रेम चौलागाईं
नेपाली नारी कविका कवितामा नारीवादी चेतना २६६
 मधुसूदन गिरी
साहित्यलेखन ः नारीवादी लेखकका सन्दर्भमा ३०१
 मिश्र वैजयन्ती
नारीवाद र मनोविज्ञानमा परस्पर अन्तक््िर्रmया ३१२
 मुरारिप्रसाद रेग्मी
नारीवादी आन्दोलनका जटिलताहरू ३१९
 यादवप्रसाद शर्मा
चरणगत विकासमा नारीवादी चिन्तन ३३४
 रजनी ढकाल
नारीवादी आन्दोलनका केही व्यक्तित्व ३४३
 रामबहादुर कार्की
अनौपचारिक पठन–समीक्षामा नारीविमर्श ३५९
 रोशन थापा ‘नीरव’
उपभोक्तावादी संस्कृति र नारीवाद ३६७
 विमलकुमार सुवेदी
वैदिक समयका नारीहरू ३८४
 वीणा पौड्याल
संस्कृति र परम्परामा लैङ्गिक असमानता ः नारीवादको पृष्ठभूमि ३८८
 शान्तिमाया गिरी
उत्तरवर्ती नेपाली आख्यानमा नारीवादी चिन्तन ३९८
 साधना पन्त ‘प्रतीक्षा’
नारी सम्बोधन किन ? नारी असमान होइन ः भिन्न व्यक्तित्वमा ४१९
 प्रा.डा. सावित्री कक्षपती
नारीवाद ः महिलाको स्वत्व ४२५
 सिमन गौतम
ज्ञण्
लैङ्गिक भाषिका ः साहित्यिक सन्दर्भ ४३६
 सुकुम शर्मा
पूर्वीय र पाश्चात्य समाजमा नारीवाद ४४६
 हरि गौतम
समाजवादी विश्वदृष्टिका सन्दर्भमा नारीवाद ४६१
 हरिप्रसाद सिलवाल
नारीवादी विश्लेषणमा बसाइँ उपन्यास ४७२
 हेमबहादुर भण्डारी
नारीवादी समालोचनाका धारा र मान्यताहरू ५०६
 ज्ञानु अधिकारी

Additional information

Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351, 9789937646611

Language

Nepali

Pages

516

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2077 B.S.

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 23 (PB...”

Your email address will not be published.