BHRIKUTI: Purnangka – 9 ...

 795.00

SKU: 1055 Category:

Description

साहित्यकार गोविन्द बहादुर मल्ल ‘गोठाले’ को निधनमा श्रद्धाञ्जली स्वरुप यस अङ्कमा सन्दर्भ–विशेष रचनाहरु रहेका छन् । कुमार बहादुर जोशीले साहित्यकार गोठालेको सम्झनामा समालोचनात्मक अभिव्यक्ति प्रस्तुत गरेका छन् भने मुरारी प्रसाद रेग्मीले गोठालेलाई सूर्य पुरूषका रुपमा चित्रण गरेका छन् । मोदनाथ प्रश्रितले गोठालेको ‘पल्लो घरको झ्याल’ उपन्यासको विवेचना गरेका छन् । गोठालेको कथा ‘त्यो क््रmान्तिको प्रतीक’ पनि यस अङ्कमा रहेको छ । यस अङ्कका समालोचनामा सिमन गौतमको ‘मैले पढेको पारिजातको देश र भर्जिनिया उल्फको बेलायत’, मुरारी अर्यालको ‘सामाजिक एवम् ऐतिहासिक सन्दर्भमा रमेश विकल’ र लीला लुइँटेलको ‘भीम दाहालका औपन्यासिक प्रवृत्ति’ रहेका छन् । केवलपुरे किसानसँगको जीवन वार्ता रहेको यस अङ्कमा जगदीश घिमिरे,मोहन दुवाल र रोशन शेरचनका निबन्ध रहेका छन् । बर्तोल्ड ब्रेख्त र उनको थिएटरका बारेमा राजीव शाहले लेखेको लेखलाई निनु चापागार्इँले अनुवाद गरेका छन् भने विज्ञान–आख्यानका बारेमा ईशान गौतमले समीक्षा गरेका छन् । यसरी नै भाषा अन्तर्गत कृष्ण पौडेलको ‘घले भाषाको समाज भाषा वैज्ञानिक विवरण’, इतिहास अन्तर्गत विमल कुमार सुवेदीको ‘जनताको इतिहास लेखनका समस्या’ र संस्कृति अन्तर्गत भुवन तामाङको ‘ल्होसारको सांस्कृतिक पक्ष’ जस्ता सामग्रीहरु पनि यस अङ्कमा रहेका छन् । यस अङ्कको आवरणमा कलाकार दिल बहादुर चित्रकारको कला रहेको छ ।

As a tribute to the demise of the writer Govind Bahadur Malla ‘Gothale’, this issue contains reference-specific works. Kumar Bahadur Joshi has made critical remarks in memory of the writer Gothale while Murari Prasad Regmi has portrayed Gothale as the Sun Man. Modnath Prashrita has criticized Gothale’s novel ‘Pallo Ghar Ko Zhyal’. The story of the shepherd, the symbol of that revolution, is also in this issue. Critics of this issue include Simon Gautam’s ‘The Country of Parijat I Read and the UK of Virginia Wolf’, Murari Aryal’s ‘Ramesh Vikal in Social and Historical Context’ and Leela Luintel’s ‘Bhim Dahal’s Novelist Trend’. There are essays by Jagdish Ghimire, Mohan Duwal and Roshan Sherchan in this issue. Ninu Chapagain has translated Rajiv Shah’s article about Berthold Brecht and his theater, while Ishaan Gautam has reviewed science fiction. Similarly, Krishna Poudel’s ‘Socio-Linguistic Description of Ghale Language’ under Language, Vimal Kumar Subedi’s ‘Problems of People’s Historiography’ under History and Bhuvan Tamang’s ‘Cultural Aspects of Lhosar’ under Culture are also included in this issue. The cover of this issue features the art of artist Dil Bahadur Chitrakar.

Additional information

Cover-Types

Hardcover

Distributors

Bhrikuti Pustak

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351

Language

Nepali

Pages

148

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2067 B.S

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 9 ...”

Your email address will not be published. Required fields are marked *