Skip to content
बिहिबार · Thursday, 19 November 2026
Bhrikuti Academic Publications (BAP) emblem भृकुटी पुस्तक
Bhrikuti Academic Publications (BAP) emblem

About us

Welcome to Bhrikuti Pustak

भृकुटी पुस्तक

Est. 1993 (2050 B.S.)

Introduction

Bhrikuti Pustak is an expanded showroom of world-class publications and an incomparable books point in Kathmandu, Nepal. Spread over two floors, set in inspiring decor and design, enjoy browsing through specialized standard books of global knowledge. You will find this place as a treasure house of outstanding books serving serious to popular taste of all book lovers. Once you experience Bhrikuti Pustak you will have vision of expanding your horizon to great heights.

Bhrikuti Pustak has convenient access to public transportation and is the right place for scholars as well as professionals to find books suitable for their needs.

History

Established in 1993 A.D(2050 B.S), we started out with a single shutter as Bhrikuti Pustak Tatha Masalanda Bhandar in the blood bank complex of Nepal Red-cross Society at Exhibition Road (Pradasani Marg) nearby R.R. Campus (Rajyalaxmi Campus), particularly to sell some limited books and stationery items.

As of June 2011 A.D, we have extended our outlet in the capital city. This extended outlet has been established at Tankaprasad Ghumti Sadak, New Plaza, Putalisadak. After the earthquake in 2072 B.S, we have completely relocated the store to our extended showroom.

Contributions

Along with the publication, distribution and selling of books, Bhrikuti Pustak is servicing in other intellectual works as well.

Publishing

Bhrikuti publishes the books from Bhrikuti Academic Publications (BAP). If we talk about the quality of publications in Nepal, this publication has been listed as one of the reputed publications. Since, it has given its strong consideration in the sensitivity of any contents of any subjects. It has published more than one hundred books so far. In every publication of any subject, Bhrikuti studies and examines the sensitivity of social contexts painstakingly; it is therefore, the books published from BAP have great importance for the readers.

It has published the books regarded with politics, economics, management, education, law, history, arts, culture, philosophy and the like.

In addition, Bhrikuti has been publishing a quarterly journal named ‘BHRIKUTI’ based upon Nepali literature and culture for last five years or so which has been a new move in the academic and literary field of the country. More than a dozen of series has been published so far and the work is continuing as well. Every series of the journal has been significant from the point of view of readers because it has encompassed hypothesis, philosophy, research, and analysis.

Some of the series of BHRIKUTI are remarkable especially the series of great poet Devkota, Postmodernism Series and National Culture Series. Bhrikuti Academic Publications is the leading institution of this publication; however, it is ours, therefore, its continuation relies on the contribution of all our writers, readers, advertisers and well-wishers greatly. We hope everyone’s contribution in the future as well.

Browse Bhrikuti Academic Publications

Bhrikuti Pustak, Putalisadak
Bhrikuti Pustak, Putalisadak

भृकुटी परिचय

भृकुटी परिचय नेपालको शैक्षिक एवम् बौद्धिक जगतका लागि सुपरिचित नाम हो � भृकुटी । विशेषतः पुस्तक बिक्री वितरण र प्रकाशनका क्षेत्रमा यो नाम राष्ट्रिय स्तरमै सुपरिचित छ । सुरूमा प्रदर्शनीमार्गस्थित रज्यराज्य कलेजसँगै एउटा कोठामा भृकुटी पुस्तक तथा मसलन्द भण्डारको नामबाट यसले आफ्नो उपस्थिति जनाएको थियो । केही सीमित पुस्तकहरु र स्टेशनरी सामानहरुसँगै दुई दशकअघि जन्मिएको यो संस्था आज भिन्न चिनारीसहित प्रस्तुत भएको छ । प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रको भवनमा रहँदै आएको यस संस्थाले २०६८ असार महिनादेखि राजधानीमै आफ्नो अर्को शाखा विस्तार गरेको छ । न्यु प्लाजाको भृकुटी चोकस्थित शाखामा विशेषतः कानुनका पुस्तकहरु राखिएका छन् भने अन्य विषयका पुस्तकहरु पनि उपलब्ध छन् । आज, पुस्तक बिक्री र वितरण सँगसँगै अन्य प्राज्ञिक कार्यहरुमा पनि भृकुटीको सक्रियता बढेको छ । आफ्नो कार्यक्षेत्रलाई विस्तारित गर्ने क्रममा यस संस्थाले प्राज्ञिक विशेषतायुक्त परिचय स्थापित गरेको छ ।

खासगरी भृकुटीको संलग्नता, सहभागिता र सक्रियता तीनवटा क्षेत्रमा विस्तारित छ । आफ्नो कार्यक्षेत्रकै कारण पनि भृकुटीको परिचय विशेषतायुक्त बन्न पुगेको हो ।

पुस्तक बिक्री तथा वितरणमा भृकुटी बुक्स प्याराडाइजः नेपालमा अध्ययन�अध्यापनका लागि आवश्यक सन्दर्भ पुस्तकहरुको बिक्री वितरण गर्ने काम भृकुटी बुक्स प्याराडाइजले गर्दै आएको छ । यसमा नेपालका बौद्धिक पाठकको आवश्यकता र माग समेत समेटिनु स्वाभाविक हो । पुस्तक बिक्री र वितरणका सम्बन्धमा यहाँको आवश्यकता र पाठकको माग दुवै कुरामा ध्यान दिने काम भृकुटी बुक्स प्याराडाइजले गरेको छ । विज्ञान�प्रविधि, वाणिज्यशास्त्र, व्यवस्थापन, अर्थशास्त्र, राजनीति, समाजशास्त्र, मानवशास्त्र, संस्कृति, साहित्य, इतिहास, भूगोल, दर्शन, सिद्धान्त, भाषा, व्याकरण लगायत विश्व�समाज एवम् सामाजिक जीवनका सबै क्षेत्र तथा विषयका पुस्तकहरुको बिक्री वितरणको व्यवस्था भृकुटी बुक्स प्याराडाइजले गरेको छ । विश्वका महत्वपूर्ण र चर्चित पुस्तकहरुसँगै विभिन्न विषयका सन्दर्भग्रन्थहरुसमेत यस संस्थामा उपलब्ध छन् । गुणस्तरीय र गम्भीर पुस्तकहरुको सहज उपलब्धताका दृष्टिले भृकुटी बुक्स प्याराडाइजको थप चर्चा हामी आफैँले गर्नु त्यति नसुहाउला । किनभने यस सम्बन्धमा नेपालको बौद्धिक वर्ग स्वयम् जानकार छ । विश्वका ख्यातिप्राप्त प्रकाशनहरु क्याम्ब्रिज, अक्सफोर्ड , पेन्गुइन लगायत भारतका अधिकांश प्रकाशनहरुका पुस्तकहरुको बिक्री वितरणका लागि एउटा विश्वासिलो माध्यम बनेको छ भृकुटी बुक्स प्याराडाइज ।

पुस्तकहरुको प्रकाशनमा भृकुटी एकेडेमिक पब्लिकेसन्स भृकुटीले भृकुटी एकेडेमिक पब्लिकेसन्सको नामबाट पुस्तकहरुको प्रकाशनका क्षेत्रमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपालका प्रकाशन संस्थाहरुमा गुणस्तरीय प्रकाशनका दृष्टिले भृकुटी एकेडेमिक पब्लिकेसन्स प्रतिष्ठित प्रकाशन संस्थाको मापदण्डमा रहेको छ । पुस्तक प्रकाशनका सन्दर्भमा विषयगत दृष्टिले गम्भीरतालाई ध्यान दिनु यस प्रकाशनको प्रकाशकीय विशेषता हो । हालसम्म एक सय भन्दा बढी पुस्तक यस प्रकाशनले प्रकाशित गरिसकेको छ । विषयगत आधारमा हरेक सामाजिक सन्दर्भको गम्भीरताको मूल्याङ्कन गरेर मात्र यस प्रकाशनले पुस्तकहरु प्रकाशन गर्ने गरेकाले तिनले पाठकीय महत्व पनि त्यतिकै प्राप्त गरेका छन् । राजनीति, अर्थनीति, व्यवस्थापन, शिक्षा, कानुन, इतिहास, कला, संस्कृति, दर्शन, सिद्धान्त आदि विषयका सन्दर्भग्रन्थहरुसहित साहित्यका विविध विधाका पुस्तकहरुको प्रकाशन गरेर एउटा स्तरीय प्रकाशनको रुपमा भृकुटी एकेडेमिक पब्लिकेसन्स एउटा उल्लेख्य प्रकाशन संस्था बन्न पुगेको छ । यस प्रसङ्गमा बौद्धिक लेखक र पाठक वर्गबाट प्राप्त सहयोग र सद्भाव यस प्रकाशनको प्रगतिमा महत्वपूर्ण रहेको छ । हामी लेखक तथा पाठक वर्गको सहयोगबाट प्रेरित छौं । आगामी दिनमा अझै स्तरीय र गम्भीर प्रकाशनहरुका लागि हामीलाई दरिलो हौसला प्राप्त भएको छ । यो हौसला सधैँभरि कायम रहने विश्वासका साथ भृकुटी एकेडेमिक पब्लिकेसन्स प्रकाशनका क्षेत्रमा निरन्तर अगाडि बढिरहने छ ।

नियमित प्रकाशनमा भृकुटी विगत पाँच वर्षदेखि भृकुटी एकेडेमिक पब्लिकेसन्सले भृकुटी नामको साहित्यिक एवम् सांस्कृतिक जर्नलको प्रकाशन समेत गर्दै आएको छ । यो प्रकाशनसँगै भृकुटी एकेडेमिक पब्लिकेसन्सले प्राज्ञिक उन्नयनका क्षेत्रमा अर्को फड्को मारेको छ भन्दा अत्युक्ति हुने छैन । भृकुटी समालोचनात्मक एवम् अनुसन्धानात्मक स्वरूपको त्रैमासिक प्रकाशन हो । साहित्यЦकला जीवनवादी हुनुपर्छ, सामाजिक रूपान्तरणको माध्यम बन्नुपर्छ वा सामाजिक रूपान्तरणको पक्षपोषण गर्ने हुनुपर्छ भनेर त्यसको सामाजिक भूमिकाको खोजी गर्ने मान्यता पहिलेदेखि रहँदै आएको छ । त्यही मान्यताका आधारमा चिन्तनप्रधान साहित्यिकЦसांस्कृतिक प्रकाशनलाई अगाडि बढाउने उद्देश्यका साथ भृकुटीको प्रकाशन आरम्भ भएको हो । त्यो उद्देश्यमा भृकुटी प्रतिबद्धतासहित नियमित प्रकाशित भैरहेको छ । चिन्तनमूलक समालोचना, तथ्यपरक विश्लेषण र अनुसन्धानात्मक अध्ययन भृकुटीको प्राथमिकताको विषय हो । यस अन्तर्गतको मापदण्डमा सबै विचार, क्षेत्र, भाषा, जातजाति र लिङ्गको प्रतिनिधित्वलाई पनि भृकुटीले महत्व दिँदै आएको छ । कला, साहित्य र संस्कृति सम्बन्धी चिन्तनको परिधि फराकिलो बनोस् र गम्भीर बहस होओस् भन्ने ध्येयसहित सबै प्रवृत्ति, मान्यता र विचारलाई भृकुटीले महत्व दिँदै आएको छ । अबको संसारमा विचार र चिन्तनमा पनि नयाँपन आउनु पर्छ । भृकुटीले यही मान्यताबाट नयाँ धरातलको सिर्जना होओस् भन्ने चाहना आरम्भदेखि नै राख्दै आएको छ । अहिलेसम्म भृकुटीका १३ वटा पूर्णाङ्क प्रकाशित भैसकेका छन् । चिन्तन, दर्शन, खोज, अनुसन्धान र विश्लेषणका दृष्टिले भृकुटीका हरेक अङ्कहरु महत्वपूर्ण मानिएका छन् । तिनमा पनि महाकवि देवकोटा अङ्क, उत्तरआधुनिकता अङ्क, राष्ट्रिय संस्कृति अङ्क जस्ता विशेषाङ्कले भृकुटीको चर्चामा अतिरिक्त महत्व राख्ने काम गरेका छन् । भृकुटी प्रकाशनको पहल भृकुटी एकेडेमिक पब्लिकेसन्सले गरेको हो । तर यो पत्रिका तपाइँ हामी सबैको हो । यसको निरन्तरतामा लेखक, पाठक, विज्ञापनदाता, शुभेच्छुक सबैको भूमिका रहन्छ । भृकुटीले सबैको सार्थक भूमिकाको अपेक्षा पहिलेदेखि नै राख्दै आएको छ र भविष्यमा पनि राखिरहने छ । यसरी भृकुटीले पुस्तक बिक्री वितरण, पुस्तकहरुको प्रकाशन र नियमित साहित्यिकЦसांस्कृतिक पत्रिकाको प्रकाशनका माध्यमबाट नेपालको शैक्षिक चेतना र बौद्धिक विकासका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ । त्यसैका कारण आफूलाई एउटा प्रतिष्ठित संस्थाका रुपमा उभ्याउन भृकुटी सफल भएको छ । आफ्नो सफलतालाई अगाडि बढाउने काममा भृकुटी निरन्तर लागिरहने छ ।

Inside the shop

Gallery
Inside Bhrikuti Pustak Inside Bhrikuti Pustak Inside Bhrikuti Pustak Inside Bhrikuti Pustak Inside Bhrikuti Pustak Inside Bhrikuti Pustak Inside Bhrikuti Pustak Inside Bhrikuti Pustak Inside Bhrikuti Pustak Inside Bhrikuti Pustak Inside Bhrikuti Pustak Inside Bhrikuti Pustak Inside Bhrikuti Pustak Inside Bhrikuti Pustak Inside Bhrikuti Pustak