BHRIKUTI: Purnangka – 14...

 495.00

SKU: 1113-2 Category:

Description

यस अङ्कमा सिद्धिचरण श्रेष्ठ र भीमनिधि तिवारीको स्मृति विशेषमा केही लेख÷समालोचना प्रकाशित छन् भने जीवन वार्ता, इतिहास, भाषा, कथा, लोक साहित्य र संस्कृति अन्तर्गत विविध लेख÷रचनाहरु प्रकाशित छन् । समालोचना अन्तर्गत गोपीकृष्ण शर्माको ‘भीमनिधि तिवारीको व्यक्तित्व र कृतित्व’, नवराज कट्टेलको ‘भीमनिधि तिवारीका नाटकहरुको अध्ययन’, फणीन्द्रराज निरौलाको ‘बहुआयामिक व्यक्तित्व ः सिद्धिचरण श्रेष्ठ’, शेखर कुमार श्रेष्ठको ‘सिद्धिचरण श्रेष्ठको पद्य नाटक बालिबधको विश्लेषण’, अनुपमा रेग्मीको ‘समसामयिकताको कसीमा सातौँ ऋतु उपन्यास’ र गीता त्रिपाठीको ‘करोडौं सूर्यहरुको अन्धकारमा पर्यावरणीय चेतना’ शीर्षकका समालोचनाहरु प्रकाशित छन् । कृष्ण प्रसाद पराजुलीको जीवन वार्ता रहेको यस अङ्कमा दिनेशराज पन्तको ‘पृथ्वीनारायण शाहको नीतिज्ञताको थप उदाहरण’ शीर्षकको इतिहास सम्बन्धी लेख रहेको छ । भाषा अन्तर्गत मुकुन्द शरण उपाध्याय र विष्णु प्रसाद देवकोटाका लेख रहेका छन् । भारतीय साहित्यकार जयशङ्कर प्रसादको ‘प्रसाद’ कथा यस अङ्कमा रहेको छ । लोक साहित्य अन्तर्गत बुलु मुकारूङले लोकगीतलाई जीवनको प्रतिबिम्बका रुपमा चर्चा गरेका छन् भने मुकुन्द शर्माले समाजशास्त्रीय आधारमा लोक कथाको विश्लेषण गरेका छन् । संस्कृति स्तम्भमा बेनी जङ्गम रावलले बौद्धकालको सङ्गीत बारे प्रकाश पारेकी छन् । यसै स्तम्भमा तारामणि राईले कोयी राई जातिको न्वारन संस्कारका बारेमा चर्चा गरेका छन् । यस अङ्कको आवरण पृष्ठमा कलाकार उत्तम नेपालीको कला–कृति रहेको छ ।

 

In this issue, some articles / critiques have been published in the memory of Siddhicharan Shrestha and Bhimanidhi Tiwari, while various articles / works have been published under the topics of life dialogue, history, language, story, folk literature and culture. Critics include Gopi Krishna Sharma’s ‘Personality and Works of Bhimanidhi Tiwari’, Navraj Kattel’s ‘Study of Bhimanidhi Tiwari’s Plays’, Phanindra Raj Niraula’s ‘Multidimensional Personality: Siddhicharan Shrestha’ The novel ‘and Gita Tripathi’s’ Environmental Consciousness in the Darkness of Millions of Suns’ have been published. This issue of Krishna Prasad Parajuli’s life talks has an article on history by Dinesh Raj Pant titled ‘Additional Example of Prithvinarayan Shah’s Policy’. The language includes articles by Mukunda Sharan Upadhyaya and Bishnu Prasad Devkota. The story ‘Prasad’ by Indian writer Jaishankar Prasad is in this issue. In folk literature, Bulu Mukharung discusses folk songs as a reflection of life, while Mukunda Sharma analyzes folk tales on a sociological basis. In the culture column, Beni Jangam Rawal sheds light on Buddhist music. In this column, Taramani Rai discusses the Nwaran rites of the Koi Rai caste. On the cover page of this issue, there is a work of art by the best Nepali artist.

Additional information

Cover-Types

Paperback

Distributors

Bhrikuti Pustak

Editors

Likhat Prasad Pandey

ISBN/ISSN

20911351

Language

Nepali

Pages

148

Publishers

Bhrikuti Academic Publications

Year of Publication

2068 B.S

Reviews

There are no reviews yet.

Be the first to review “BHRIKUTI: Purnangka – 14...”

Your email address will not be published. Required fields are marked *